बन्दिपुर हिलमा दशैं सांस्कृतिक एवं देवीलिला कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

दमौली, असोज १५

बन्दिपुर गाउँपालिकाको डुम्रेमा रहेको बन्दिपुर केवलकार चोकको वटम स्टेशन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवं देवीलिला प्रर्दशनी हुने भएको छ । आगामी असोज १९ गते देखि २४ गते फुलपाती सम्म ६ दिन सम्म प्रदर्शनीको आयोजना गरिएको छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय सांस्कृतिक प्रस्तुती समेत रहनेछन । नाम चलेका कलाकारहरुको प्रस्तुति कार्यक्रममा हुने छ । साँझमा भव्य दिव्य भगवतीको आरती सहित बृहत् देवीलिला नाटक मंचन गरिने छ । असत्य माथी महाकाली बनेर दुष्ट राक्षसको अन्त गरेर सत्यको जित गराइएको उत्कृष्ट कथा समेटेकोे देवीको लिलाका भब्य प्रदर्शनी गरीने भएको छ ।

दशैंलाई बिजय दशमी भनेर किन मानिने गर्दछ भन्ने कुरा को बयान नाटकले गर्ने छ।२० गते देखि दैनिक ५ घण्टा २४ गते सम्म २५ घण्टा नाटक मञ्चन गरेर दर्शकहरुलाई सांस्कृतिक मनोरञ्जन र सचेतना दिने आयोजकले दावी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि केवलकारको टिकट किन्दा प्रवेश निःशुल्क हुनेछ । अन्य अवस्थामा एक सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । कार्यक्रमको आयोजना बन्दीपुर हिलले गरेको छ भने केवलकार र ड्राईभ ईन रेष्टुरेण्टले प्रर्वद्धन गरेका छन् ।

कार्यक्रममा आकर्षणहरुको रुपमा मुख्य आकर्षण देवीलिला नाटक ५ दिन, पाँचदिन सांस्कृतिक कन्सर्ट, खाना खाजा प्रर्दशनी, स्थानीय कला एवं सांस्कृतिक प्रर्दशनी, दशैं हाट बजार, वालउद्यांन, बिङ्गो गेम लगायत मनोरञ्जनात्मक कार्यक्रमहरु रहने छन् । यस मेलाको धार्मिक आकर्षण खड्गदेवी मन्दिरको दर्शन गराउनको लागि केवलकारले विशेष सेवा समेत पस्कने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म