बन्दिपुर हिलमा दशैं सांस्कृतिक एवं देवीलिला कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

दमौली, असोज १५

बन्दिपुर गाउँपालिकाको डुम्रेमा रहेको बन्दिपुर केवलकार चोकको वटम स्टेशन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवं देवीलिला प्रर्दशनी हुने भएको छ । आगामी असोज १९ गते देखि २४ गते फुलपाती सम्म ६ दिन सम्म प्रदर्शनीको आयोजना गरिएको छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय सांस्कृतिक प्रस्तुती समेत रहनेछन । नाम चलेका कलाकारहरुको प्रस्तुति कार्यक्रममा हुने छ । साँझमा भव्य दिव्य भगवतीको आरती सहित बृहत् देवीलिला नाटक मंचन गरिने छ । असत्य माथी महाकाली बनेर दुष्ट राक्षसको अन्त गरेर सत्यको जित गराइएको उत्कृष्ट कथा समेटेकोे देवीको लिलाका भब्य प्रदर्शनी गरीने भएको छ ।

दशैंलाई बिजय दशमी भनेर किन मानिने गर्दछ भन्ने कुरा को बयान नाटकले गर्ने छ।२० गते देखि दैनिक ५ घण्टा २४ गते सम्म २५ घण्टा नाटक मञ्चन गरेर दर्शकहरुलाई सांस्कृतिक मनोरञ्जन र सचेतना दिने आयोजकले दावी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि केवलकारको टिकट किन्दा प्रवेश निःशुल्क हुनेछ । अन्य अवस्थामा एक सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । कार्यक्रमको आयोजना बन्दीपुर हिलले गरेको छ भने केवलकार र ड्राईभ ईन रेष्टुरेण्टले प्रर्वद्धन गरेका छन् ।

कार्यक्रममा आकर्षणहरुको रुपमा मुख्य आकर्षण देवीलिला नाटक ५ दिन, पाँचदिन सांस्कृतिक कन्सर्ट, खाना खाजा प्रर्दशनी, स्थानीय कला एवं सांस्कृतिक प्रर्दशनी, दशैं हाट बजार, वालउद्यांन, बिङ्गो गेम लगायत मनोरञ्जनात्मक कार्यक्रमहरु रहने छन् । यस मेलाको धार्मिक आकर्षण खड्गदेवी मन्दिरको दर्शन गराउनको लागि केवलकारले विशेष सेवा समेत पस्कने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको