देवघाट–५ मा भलिवलको पुरुष र महिला खेलाडी छनौट

Devghat Online

शेयर गरौ

दमौली, असोज १९

देवघाट गाउँपालिका–५ मा भलिवल खेल तर्फको पुरुष र महिला खेलाडी छनौट गरिएको छ । ‘खेल खेलांै स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने मुल नारा सहित देवघाट–५ खेलकुद समितीको आयोजनामा गत बिहिबारबाट आयोजित प्रतियोगिताबाट उत्कृष्ट पुरुष र महिला खेलाडी छनौट गरिएको हो ।

उक्त प्रतियोगिताबाट पुरुष तर्फ २२ जना र महिला तर्फ १७ जना खेलाडी छनौट गरिएको वडा खेलकुँद समितिका अध्यक्ष टिका रानाले बताए । प्रतियोगितामा भने पुरुष तर्फ रातामाटे सुन्दरबस्ती टोलबिकास संस्था प्रथम र जलदेवी टोलबिकास द्वित्तिय भएका थिए भने महिला तर्फ नयाँ बस्ती टोल विकास प्रथम र तिन कन्या टोलबिकास द्वित्तिय भएको खेल संयोजक हर्क बहादुर थापाले बताए ।

प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले अबको खेलकुद प्रतियोगितामा देवघाट गाउँपालीकाले पुर्ण रुपमा सहयोग गर्ने र कमिकमजोरीलाई पहिचान गर्दै देवघाटका युवाहरुलाइ खेलमा अग्रपंक्तिमा लान सहयोग गर्ने बताए ।

वडा खेलकुँद समितिका अधयक्ष टीका रानाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि