एमाले भानु र बन्दिपुरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

दमौली, असोज १९

नेकपा एमाले भानु नगर कमिटिको आयोजनामा बडादशैं, शुभदिवापली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम वडा नम्बर १ को ग्रिनपार्कमा आयोजना गरियो ।

एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाटको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज केदार सिग्देल, गन्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, पुर्व प्रदेश कमिटि सदस्य कृष्णराज ढकाल, भानुु नगरपालिकाकी उपमेयर उमा गोतामे, एमाले जिल्ला कमिटि सदस्य रुपा लामा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सन्चालन नगर कमिटि सचिव रामकृष्ण देवकोटाले र स्वागत उपाध्यक्ष रमानाथ बजगाईले गरेको भानु नगर कमिटिका कार्यालय सचिव राम सापकोटाले जानकारी दिए ।

यसैगरि नेकपा एमाले बन्दिपुर गाउँ कमिटिको आयोजनामा बडादशै तथा शुभदिपावली एवं नेपालीहरुको महान चाडपर्वहरुको अवसरमा शनिबार शुभकामना कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा गन्डकी कृष्णप्रसाद पाठकले बन्दिपुरलाई पर्यटनसँगै स्वास्थ्यको क्षेत्रमाप पनि उत्कृष्ट बनाउने र त्यसकोलागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

बन्दिपुर गाउँ कमिटिका अध्यक्ष रवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल, गन्डकी प्रदेश कमिटि सदस्य देवु विष्ट, जिल्ला कमिटिका सदस्य एवं बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मध्यनेपाल महोत्सव सम्पन्न, ४० हजार दर्शक, १ करोडको आर्थिक कारोबार

दमौली, माघ ५ नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर