दशैंमा मौसम कस्तो हुन्छ ?

Devghat Online

शेयर गरौ

देवघाट, असोज १९

नेपालको आकाशमा मनसुनी बादलको उपस्थिति अब कमजोर हुँदै गएको देखिन्छ । अब मनसुन बाहिरिने अवस्थामा छ । आगामी ५ दिन (बुधबार) सम्म कुनै प्रकारको वर्षा उपत्यकामा हल्का वर्षा बाहेक देखिँदैन । नारायणी नदीदेखि पश्चिमी क्षेत्रमा अर्थात् लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा अब वर्षा हुने देखिँदैन ।

उपल्लो गण्डकी ९कास्की, लम्जुङ, तनहुँ, म्याग्दी, स्याङ्जा र बागमती (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक) क्षेत्रमा धेरै वर्षाले भू भाग ओषिलो भएका कारण दिनभरिको चर्कोघामले हुने वाष्पिकरणले सिर्जित बादलहरुबाट सिमित तथा सानो क्षेत्रहरु (जस्तै कास्कीको लुम्ले, काठमाडौं उपत्यकाको शिवपुरी, कपन, गोदावरी आदि) मा साँझपखः वर्षा हुने सम्भावना अझै केही दिन रहनेछ ।

तर यस्तो वर्षा हानि पुर्याउने नहुने र केही समयका लागि मात्र हुनेछ । नक्सामा देखाइएको हरियो घेराभित्रको क्षेत्रमा मनसुनी बादलहरुको उपस्थिति अझै केहीदिन रहनेछ तर तराई क्षेत्रमा वर्षाको सम्भावना धेरै कम रहने छ भने पहाडी क्षेत्रभित्र वर्षा भए पनि क्षणिक मात्र हुनेछ । पश्चिम नेपालमा धान भित्र्याउन शुरु गर्नुभए हुन्छ ।

नक्सामा देखाइएको तराई बाहेकको क्षेत्रमा अझै एक साता पर्खनु ठीक हुनेछ । एउटा कुरा स्पष्ट के छ भने दशैंको अवधीभरी ठुलो वर्षाको कुनै सम्भावना छैन । अधिकांश समय उज्यालो घाम र निलो आकाशमय रहने छ । त्यसैले ढुक्कले परिवार तथा साथीहरुसँग यात्रा गर्नुहोला र खुशीसाथ दशैं मनाउन सकिने मौसिम बिदको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु