स्वास्थ्य मन्त्री पाठकद्वारा बन्दीपुर अस्पताल निरीक्षण, आवश्यक सहयोग गर्ने प्रतिबद्धता

Devghat Online

शेयर गरौ

असोज १९, बन्दीपुर

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालको निरीक्षण गरेका छन । शनिबार तनहुँको विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन आएका स्वास्थ्यमन्त्री पाठकले बन्दिपुर अस्पतालको निरीक्षण गरेका हुन् ।

स्वास्थ्य मन्त्री पाठकले अस्पतालमा आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर अस्पताललाई आवश्यक भौतिक पूर्वाधार निर्माण आवश्यक जनशक्ति तथा प्राविधिक सामग्रीहरूहरु‌को लागि आगामी दिनमा ‌आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छन्।

मन्त्री पाठकले बन्दीपुरमा स्वास्थ्य सेवाको स्तर उन्नतिको लागि आफू प्रतिबद्धता रहेको ‌ बताए। उनले स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशमा सर्वप्रथम नीति संरचना र कानुनमा जोड दिएको समेत बताएका हुन् । आफू पदका लागि मात्रै मन्त्री नभएको, काम गर्नकै लागि मन्त्री बनेको हुनाले स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्न आफू लागिपर्ने बताएका छन्।

२०२२ सालमा १५ शैया क्षमता सहित स्थापना भएको बन्दीपुर अस्पतालमा हाल २ जना डाक्टरहरु सहित सेवा आँखा, दाँत लगायतको सेवा प्रवाह भइरहेको छ ।

तनहुको बन्दीपुर गाउँपालिका वडा नं ४ डुम्रे बजारबाट पनि बन्दीपुर अस्पतालको सेवा लिन सकिने भएको छ। गाउँपालिका अध्यक्ष थापाका अनुसार बन्दीपुर अस्पतालको सेवा डुम्रे बजारमा विस्तार गर्न लागिएको हो। ।

यस्तै मन्त्री पाठक शनिबारनै नेकपा एमाले बन्दीपुर गाउँ कमिटीद्वारा विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रदेश कमिटी सदस्य देबु बेष्ट जिल्ला अध्यक्ष हरिराज कँडेल उपाध्यक्ष राजेश्वर ढकाल बन्दीपुर गाउँ कमिटी अध्यक्ष रवि श्रेष्ठ लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ