देवघाटका युवालाई जनजाती नेता थापाद्वारा भलिवल प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, असोज २८

देवघाट गाउँपालिका वडा नम्बर ३ का युवाहरुलाई शिक्षक तथा जनजाती नेता सिद्धान्त थापा मगरले भलिवल प्रदान गरेका छन् । वडा नम्बर ३ को लुङग्रिङ र नाल्वुङका युवाहरुलाई थापाले सोमबार आफ्नै व्यक्तिगत खर्चमा ६ थान भलिवल र २ सेट जर्सी उपलब्ध गराएका छन् ।

दशैं र तिहारको बिदामा युवाहरु जाँड, रक्सी तथा लागुपदार्थ र मद्यपानको कुलतमा नलागुन् र खेलकुँदमा व्यस्त होउन भन्ने उद्देश्यले भलिवल प्रदान गरेको बन्दिपुर गाउँपालिका–६ खहरेटारमा रहेको सेतीगंगा आधारभुत विद्यालयका प्रअ समेत रहेका थापा मगरले बताए ।

त्यसैगरि देवघाट गाउँपालिकामा भुगोल सुहाउँदो भलिवल खेलप्रति युवाहरुलाई आकर्षण बढाउन र भलिवलको केन्द्र बनाउन आफुले सहयोग गरेको उनले बताए । नेपाल मगर संघका केन्द्रीय निर्वाचन समितिका संयोजक समेत रहेका थापाले यस अघि पनि पटक पटक देवघाट–२ र ३ का युवाहरुलाई विभिन्न खेल सामाग्रीहरु सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण