दमौली, असोज २९
म्याग्दे गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्र बसोबास गर्ने एचआइभी संक्रमित व्यक्तिलाई पोषण खर्च वापत मासिक १ हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाको आ.व ०८१÷८२ को स्विकृत कार्यक्रम गाउँपालिका भित्र बसोबास गर्ने एचआईभी संक्रमितलाई उक्त रकम उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
उक्त रकम लिनकोलागि सम्बन्धित वडामा बसोबास गरेको भनी वडा कार्यालयको सिफारिस, वयस्कको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि तथा एचआईभी संक्रमित भई औषधी उपचार निरन्तर लिईरहेको कागजात तथा एआरटी लिएको कार्ड सहित गाउँपालिकामा निबेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
उक्त सहयोग रकम लिने एचआइभी संक्रमित व्यक्तिको पहिचान गोप्य राखिने गाउँपालिकाले जनाएको छ ।