म्याग्दे गाउँपालिकाले एचआइभी संक्रमितलाई मासिक १ हजार पोषण खर्च दिने

Devghat Online

शेयर गरौ

दमौली, असोज २९

म्याग्दे गाउँपालिकाले गाउँपालिकाको क्षेत्रभित्र बसोबास गर्ने एचआइभी संक्रमित व्यक्तिलाई पोषण खर्च वापत मासिक १ हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाको आ.व ०८१÷८२ को स्विकृत कार्यक्रम गाउँपालिका भित्र बसोबास गर्ने एचआईभी संक्रमितलाई उक्त रकम उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त रकम लिनकोलागि सम्बन्धित वडामा बसोबास गरेको भनी वडा कार्यालयको सिफारिस, वयस्कको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि तथा एचआईभी संक्रमित भई औषधी उपचार निरन्तर लिईरहेको कागजात तथा एआरटी लिएको कार्ड सहित गाउँपालिकामा निबेदन दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

उक्त सहयोग रकम लिने एचआइभी संक्रमित व्यक्तिको पहिचान गोप्य राखिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक