दमौली, असोज २८
तनहुँ जिल्लाभर डेंगुको संक्रमण बढ्दो क्रममा छ । तनहुँका १० वटै पालिकामा डेंगुका विरामी रहेका छन् । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ३७२२ जना डेंगुका विरामी रहेका छन् ।
त्यसमध्ये सबैभन्दा धेरै आबुँखैरेनी गाउँपालिकामा १५६१ जना रहेका छन् । त्यस्तै व्यास नगरपालिकामा १३९३, शुक्लागन्डकी नगरपालिकामा ४२१, बन्दिपुर गाउँपालिकामा १३९, देवघाट गाउँपालिकामा ५३ जना रहेका छन् ।
त्यसैगरि म्याग्दे गाउँपालिकामा ४२, भानु नगरपालिकामा ४०, भिमाद नगरपालिकामा ३७ तथा ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले बताए ।