देवघाटधाम गन्डकी परिक्रमा महोत्सव हुने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक ११

देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले आगामी कार्तिक २९ गते देवघाटधाम गन्डकी परिक्रमा महोत्सव–२०८१ हुने भएको छ । महोत्सवको पुर्व तयारीकोलागि आइतबार देवघाट क्षेत्र विकास समितिको हलमा बैठक आयोजना गरियो । सो बैठकमा बोल्ने वक्ताहरुले महोत्सव आयोजनाको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्ने तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा आगामी कार्तिक २९ गते कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीको दिन देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा हुने सो महोत्सवको तयारी बैठकमा नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश श्री ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पिठाधिश रमणानन्द गिरीको विशेष उपस्थिती रहेको थियो ।

सो बैठकमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त देवघाटधाम गन्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । उनले महोत्सव सफल पार्न देवघाट गाउँपालिकाले आवश्यक सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त महोत्सवले भरतपुर भ्रमणवर्ष २०२४ लाई पनि सफल पार्ने बताए ।

सो बैठकमा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, गाउँपालिकाका प्रवक्ता एवं वडा न ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, नेपाल सन्त समाजका महासचिव तथा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा.गुरुप्रसाद सुवेदी, योगी नरहरीनाथ गौ संरक्षण केन्द्र वागेश्वरीका अध्यक्ष नवराज ढकाल, देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष, बद्री अधिकारी, टंकनाथ पौडेल, शिवराज पौडेल लगायतले देवघाटधाम गन्डकी परिक्रमा महोत्सवको महत्वको बारेमा धारणा राखेका थिए ।

कार्तिक २९ गते बिहान ७ बजे देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।

यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।

उक्त गन्डकी परिक्रमा कार्यक्रममा फोहोर व्यवस्थापन तथा एम्बुलेन्सको व्यवस्था देवघाट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी उपशाखाले गर्ने भएको छ भने तनहुँतर्फ सम्पुर्ण सुरक्षाको व्यवस्था इलाका प्रहरी कार्यालय देवघाटले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहकारी पीडितका वकिल त्रिपाठीमाथि रास्वपा कार्यकर्ताको आक्रमण प्रयास

काठमाडौं, माघ २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं, माघ २ जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६०

भर्जन कालिका मन्दिर निर्माणकोलागि माघे संक्रान्ति मेला स्थलबाट ६ लाख ३७ हजार संकलन

देवघाट, माघ १ देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणको लागि मंगलबार