शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्धारा सपथ

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १२

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका छन् । बेलचौतारामा आइतवार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष समुन्द्रराम श्रेष्ठलाई अध्यक्ष विमल प्रसाद रिमालले र अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचित अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । वडा व्यवस्थापन समितिका सभापतिहरु पदेन सदस्य भएकाले सँगै सपथ लिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सुर्य बहादुर भुजेलले स्थापनाकालमा विवाद देखिएको यस संघ अहिले ट्रयाकमा आइपुगेको बताए । उनले प्रदेश र महासंघबाट सदस्यताको विषय प्राविधिक रुपमा समस्या परिरहेको बताउदै समाधानकालागि सक्दो प्रयास गर्ने उल्लेख गरे ।

महासंघ गण्डकी प्रदेशका सदस्य एवम् नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ र अर्का संस्थापक अधयक्ष वशन्त ज्वारचनले नयाँ समितिलाई व्यवसायिक हितमा केन्द्रित गरेर लाग्न सुझाव दिए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ड मिश्रले आर्थिक मन्दिका कारण व्यवसायमा समेत असर परिरहेको बताउदै सरकारले उचित रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । संघका नवनिर्वाचित अध्यक्ष समुन्द्रराम श्रेष्ठले संस्थालाई आफ्नो कार्यकालमा नमुना गराउने प्रतिवद्धता जनाए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष राजकुमार वाग्ले, वडा नम्बर ५ का अध्यक्ष दिर्घ बहादुर थापा, वडा नम्बर ६ का अध्यक्ष बुद्धि बहादुर थापा,संघका उपाध्यक्ष सुजित हिराचन, महासचिव उपेन्द्र तिमिल्सीना, नवनिर्वाचित उपमहासचिव विर्सना श्रेष्ठ, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरि बहादुर थापा लगायतले बोलेका थिए ।

कार्तिक ४ गते भएको निर्वाचनमा अध्यक्षमा समुन्द्रराम श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा सुमन सापकोटा, उद्योग उपाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा प्रकाश थापा, महासचिवमा सुजन श्रेष्ठ, उपमहासचिवमा विर्षना श्रेष्ठ र कोषाध्यक्षमा कमल गैह्रे निर्वाचित भका थिए ।

सदस्यहरुमा अमृत घिमिरे, विधान गुरुङ, गम बहादुर केसी, अर्जुन सापकोटा, पिताम्बर तिमिल्सिना, सन्तोष कुमार श्रेष्ठ, बर्म कुमार श्रेष्ठ, गिरी बहादुर थापा, देवीभक्त राना र भुपेन्द्र रिमाल रहेका छन् । महिला सदस्यमा जोसिला थापा र वसन्ता कुमारी श्रेष्ठ रहेका छन् । एसोसीयट सदस्यमा विपिन वाग्ले सर्वसम्मत भएका थिए भने वडा नं.४ व्यवस्थापन समितिबाट पार्वती पौडेल सदस्य रहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सहकारी पीडितका वकिल त्रिपाठीमाथि रास्वपा कार्यकर्ताको आक्रमण प्रयास

काठमाडौं, माघ २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं, माघ २ जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६०

भर्जन कालिका मन्दिर निर्माणकोलागि माघे संक्रान्ति मेला स्थलबाट ६ लाख ३७ हजार संकलन

देवघाट, माघ १ देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणको लागि मंगलबार