चक्रवर्ती वन समुहको अध्यक्षमा डिलबहादुर

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १२

देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुनः डिलबहादुर गुरुङ चयन भएका छन् । सोमबार सम्पन्न वन समुहको २६ औं साधारणसभा एवं १३ औं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

वन समुहको उपाध्यक्षमा खेमबहादुर राना, सचिव प्रेम थापा मगर र कोषाध्यक्षमा उषा नैनावस्ती चयन भएका छन् । यसैगरि सदस्यहरुमा भरिमाया गुरुङ, शुकमाया गुरुङ, भारती पौडेल, गणेश थापा, ऋषिराम सुवेदी, दधिराम सापकोटा र सानबहादुर परियार रहेका छन् ।

उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै अधयक्ष थापाले सामुदायिक वनको आम्दानीबाट युवाहरुलाइ स्वरोजगार बनाउने कार्यक्रम सन्चालन गर्नुपर्ने बताए । उनले आज वनहरुमा रुख काट्ने काम मात्र भईरहेको तर अव आम्दानी पनि लिने काम गर्नुपर्ने बताए । वनमा गिठा, भ्याकुर, बास, अम्बा र महङ्गा खाले रुखहरु रोपेर आम्दानी गर्न सकिने अध्यक्ष थापाले बताए ।

देवघाट सबडिभिजन वन कार्यलयका प्रमुख कृष्णप्रसाद भट्टले वन सरसफाई र छाँट्ने काममा देवघाटका ३९ वटा वन मध्ये चक्रवर्ती सामुदायिक वन अगाडि रहेको बताए । वनको सुरक्षा रुख जोगाएर मात्र नहुने भन्दै उनले बाक्लो भएका रुखहरुलाई छाँटेर नयाँ रुखहरु हुर्काउनुपनी रहेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले हामी स्वस्थ जिवन जिउनकोलागि पनि वनको संरक्षण गर्नुपर्ने बताए । उनले सामुदायिक वनहरुले युवालाई रोजगारी र विपन्नहरुलाई आय आर्जनको कार्यक्रम ल्याउनु पर्ने बताए ।

चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिलबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वन महासंघ जिल्ला वन महासंघ सदस्य भोजराज नैनावस्ती स्थानिय वन महांसघ देवघाटका अध्यक्ष प्रविण कार्की, वडा नम्बर ५ का वडा सदस्य यमबहादुर मगर, रानीवन सामुदायिक वनका सचिव इन्द्र माया गुरुङ, कालिका सामुदायिक वन समुहका अध्यक्ष कृष्णराज न्यौपाने, सीता सामुदायिक वन समुहका अध्यक्ष भानुभक्त न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले