म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर सम्पन्न, ८ हजार सेवाग्राही लाभान्वितः अध्यक्ष श्रेष्ठ

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १२

म्याग्दे गाँउपालिकाले गत असोज ६ गते देखि सन्चालन गरेको एकिकृत घुम्ति शिविर सोमबार सम्पन्न भएको छ ।

गाउँ पालिकाको सेवाको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु, सेवा, पन्जिकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नविकरण, राजश्व संकलन लगायत गाँउपालिकाले प्रदान गरि सम्पुर्ण सेवाहरु सहज तरिकाले जनतासामु पुरयाउने उद्देश्शयले उक्त एकिकृत घुम्ति शिविर संचालन गरिएको थियो ।

उक्त एकीकृत घुम्ति शिविरमा करिव ८ हजारलाई विभिन्न सेवा दिईएको पालिकाले जनाएको छ । पालिका भित्रका विभिन्न वडाका टोलहरुमा पुगेर सेवा दिएको घुम्ति शिविरमा स्वास्थ्य तर्फ परिवार नियाजन, सुरक्षित मातृत्व सेवा, गर्भवती परिक्षण भिडियो एकसरे सहित, क्षयरोग स्क्रिनिङ्क, मान्य स्वास्थ्य परिक्षण, दन्त परिक्षण सेवा, भिया स्क्रनिङ्ग सेवा, स्तन क्यान्सर परिक्षण सेवा दिईएको थियो भने कृषि तर्फ उन्नत जात विउ विजन वितरण, बिभिन्न अनुदानका सुचनाका माग संकलन, पशु सेवा तर्फ विरामी पशु पन्क्षहरुको उपचा, पशु पन्ध्याकरण सेवा, पशुजन्य औषधी वितरण, गोवर परिक्षण, कुकुर विरालोहरुलाई रेविज विरुद्धको खोप दिईएको थियो ।

शिविरमा पञ्जिकरण सेवा तर्फ जन्म दर्ता, वसाई सराई, विवाह दर्ता, मृत्यृ दर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका विभिन्न सिफारिशहरु वडा कार्यलयवाट हुने सवै सेवाहरु उपलव्ध गराईएको थियो भने भने उद्योग तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा उपलव्ध गराईएको थियो ।

आम जनतामा पालिकाको सेवा टोल टोलमा पुरयाएर स्थानिय सरकार भएको आभास दिईएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । सर्वसाधारणको आवश्यकताका आधारमा हरेक वर्ष विभिन्न शिविर संचालन गरिएको र जुन सेवाले आम जनता पुर्ण रुपमा लाभान्वित बनेको अध्यक्ष श्रेष्ठले बताए । जनताको आवश्यता अनुसार पालिका अगाडी वढ्ने हो, त्यसैको सिलसिला स्वरुप स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सन्चालन गरेको र जनताको स्वास्थ्य भन्दा ठुलो अन्य केही नभएको हुदाँ सोही अनुरुप कार्यक्रम सन्चालन गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरि गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनताको समस्या वुझन र समाधानका लागी एकीकृत घुम्ति शिविर फलदायी वनेको बताए । जनताको समस्या सुन्न टोल टोलमा जाने पालिकाको कार्यले जनता प्रति पालिका उत्तरदायी वनेको आभास जनतामा भएको महशुस भएको उपाध्यक्ष घिमिरेले बताए ।

घुम्ती शिविर पालिकाका सात वटै वडाका विभिन्न टोलमा सन्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको