वागीश्वरीमा सामुहिक गौं पूजन एवं गौं कथा कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १३

देवघाटधाममा रहेको योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, वागीश्वरीमा सामुहिक गौं पूजन एवं संगीतमय गौ कथा कार्यक्रम हुने भएको छ । केन्द्रमा तिहारको अवसरमा यही कात्तिक १५, १६ र १७ गते लक्ष्मी पूजा, गाई पूजा र गोबद्र्धन पूजाको अवसरमा त्रि दिवसीय सामुहिक गौ पूजन एवं संगीतमय गौ कथा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिन मंगलबार बिहान केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका योगी नरहरी नाथ गौं संरक्षण केन्द्र, वागीश्वरीका अध्यक्ष नवराज ढकालले हिन्दुधर्ममा गाईको विशेष महत्व रहेको र अहिलेको पुस्तालाई गाईको महत्व दर्शाउन गौ पुजन कार्यक्रम आयोजना गरिएको बताए । ढकालका अनुसार उक्त तिन दिन केन्द्रमा बिहान ७.३० बजेदेखी गौपुजा हुन्छ । बि.सं. २०३९ सालबाट यस केन्द्रमा गाई संरक्षण गरिंदै आएको ढकालले बताए । राष्ट्रगुरु योगी नरहरिननाथबाट गौ संरक्षण शुरु भएको भन्दै ढकालले त्यसलाई निरन्तरता दिंदै आएको बताए ।

गाईलाई तिहारको समयमा मात्रै पूजामा सीमित नगरी गाईको उचित स्याहार सुसार र संरक्षण गर्न सकेमा मात्र गाईको वास्तविक पूजा भन्दै ढकालले संरक्षण केन्द्रमा रहेका गाईहरु मध्ये ‘एउटा गाई एक दिनका लागि मैले पालन पोषण गर्छु’ भनेर एक दिनको खर्च व्यहोरेर गाई संरक्षणमा सहभागी बन्न सकिने समेत बताए ।

पत्रकार सम्मेलनमा नेपाल सन्त समाजका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीले उन्नत जातका गाई पूजा गर्दा ‘फल’ प्राप्ती नहुने बताए । उन्नत जातका गाईमा स्थानीय जातका गाईमा हुने गुण नहुने हुँदा पवित्र हुने उनको भनाई छ । उन्नत जातका (जर्सी लगायतका) गाईको दूध, गहुँत र गोरबमा समेत स्थानीय जातका गाईमा हुने गुण नहुने सुवेदीले बताए । गाईमा हुनु पर्ने गुण उन्नत जातका गाईमा हुँदैन, त्यसैले यी गाई अपवित्र भन्न मिल्ने सुवेदीको भनाई थियो ।

केन्द्रले स्थानीय जातका गाईको दीर्घकालिन संरक्षणका लागि अक्षयकोषको समेत स्थापना गरेको छ । हाल केन्द्रमा २५० भन्दा बढी स्थानीय जातका गाई रहेका छन् । तिनीहरुको पालन पोषण दाताहरुको सहयोगमा हुँदै आएको छ । दाताहरुले नगद, पराल, चोकर लगायतका सामग्री सहयोग गर्ने गरेका छन् ।

केन्द्रले आगामी वर्षदेखि ‘गौसेवा पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने भएको छ । रु.११ हजार एक सय सहित हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिने संयोजक ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म