आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १३

व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

विद्युतीय बोलपत्रका माध्यमबाट छनोट भएको निर्माण कम्पनी मातृभूमि डेभलपर्स एन्ड इन्जिनियर्स काठमाडौँले स्वीकृत लागत अनुमान बमोजिमको प्रशासनिक भवन निर्माण आगामी २०८२ माघ मसान्तभित्र सम्पन्न गर्ने गरी क्याम्पस र उक्त निर्माण कम्पनीबीच मंगलबार निर्माण सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट कम्पनीका व्यवस्थापक सविन पोखरेलले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खर सिं दरै, निर्माण समितिका संयोजक क्याप्टेन सहवीर उचै र आर्थिक समितिका संयोजक गोपाल सुर्खालीको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी र सागर पौडेल क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आलेमगर लेखा अधिकृत विष्णुप्रसाद रिजाल र इएमआईएस अफिसर इन्जिनियर अनमोल प्रधान लगायत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

सो भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले क्याम्पसलाई आव ०८१÷०८२ मा १ करोड आर्थिक अनुदान सहायता उपलब्ध गराएको छ। उक्त भवनको निर्माणपछि क्याम्पसको प्रशासनिक कार्यका लागि सहज हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले