आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १३

व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

विद्युतीय बोलपत्रका माध्यमबाट छनोट भएको निर्माण कम्पनी मातृभूमि डेभलपर्स एन्ड इन्जिनियर्स काठमाडौँले स्वीकृत लागत अनुमान बमोजिमको प्रशासनिक भवन निर्माण आगामी २०८२ माघ मसान्तभित्र सम्पन्न गर्ने गरी क्याम्पस र उक्त निर्माण कम्पनीबीच मंगलबार निर्माण सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट कम्पनीका व्यवस्थापक सविन पोखरेलले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष खर सिं दरै, निर्माण समितिका संयोजक क्याप्टेन सहवीर उचै र आर्थिक समितिका संयोजक गोपाल सुर्खालीको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी र सागर पौडेल क्याम्पसका प्रशासकीय अधिकृत बसन्ती थापा आलेमगर लेखा अधिकृत विष्णुप्रसाद रिजाल र इएमआईएस अफिसर इन्जिनियर अनमोल प्रधान लगायत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

सो भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरले क्याम्पसलाई आव ०८१÷०८२ मा १ करोड आर्थिक अनुदान सहायता उपलब्ध गराएको छ। उक्त भवनको निर्माणपछि क्याम्पसको प्रशासनिक कार्यका लागि सहज हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको