दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ हुने

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २०

व्यास जन्मभुमि दमौलीमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ हुने भएको छ । बेद अनुयायी प्रतिष्ठानको आयोजनामा आगामी कार्तिक २१ ग्तेदेखी २८ गतेसम्म हिन्दु महामिलन पर्व आयोजना गरिएको हो ।

व्यास जन्मभुमीको प्रचार प्रसारकोलागि हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ सप्ताह आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले बताए । हिन्दु महामिलन पर्वको बारेमा जानकारी दिन मंगलबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले व्यास जन्मभुमीको प्रचार प्रसार विश्वमाझ गर्ने उद्देश्यले हिन्दु महामिलन पर्व आयोजना गरिएको बताए । प्रतिष्ठानले हरेक वर्ष यस कार्यक्रम गर्दै आएको छ ।

उक्त हिन्दु महामिलन पर्व र ज्ञान महायज्ञमा दैनिक भागवत वाचन, पुजा अर्चना, रुद्राभिषेक हवन, अध्यात्मिक प्रवचन तथा हरिनाम संकिर्तन हुने प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताए । प्रचार प्रसारको अभावमा महर्षि बेद व्यासको जन्मभुमी ओझेलमा परेको हुँदा यस पवित्र भुमीको प्रचार प्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो