अमेरिकामा १३२ वर्षपछि इतिहास दोहो¥याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

Devghat Online

शेयर गरौ

कार्तिक २१

अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनसँग चुनाव जितेर ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्पले त्यो समयमा लोकप्रिय मत गुमाए पनि इलेक्टरहरुको मतले जितेका थिए । ३०६ मत ट्रम्पको आएर २७० को थ्रेसहोल्ड कटेर उनी विजय भएका थिए ।

सन् २०२० को चुनावमा भने उनले २३२ मात्रै इलेक्टरको मत पाएर पराजित भए । यो वर्षको चुनावमा फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्ने भएका छन् । उनको विजयको औपचारिक घोषणा हुन बाँकी भए तापनि उनले विजय भएको उद्घोष गरिसकेका छन् ।

ट्रम्पको जीतमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुदेखि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसम्मले बधाई दिइसकेका छन् । नेतान्याहुले त ट्रम्पको जीतलाई ‘इतिहासको सबैभन्दा महान पुनरागमन’ को उपमा दिएका छन् ।

अमेरिकाका कडा प्रतिस्पर्धा हुने राज्यहरु जसलाई ब्याटलग्राउन्ड स्टेट्स भनिन्छ, त्यहाँ ट्रम्पले अग्रता लिएपछि जीत सम्भव भएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।

सन् १८९२ नोभेम्बर ८ मा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा विजय भए ग्रोभर क्लिभलेन्ड । उनी त्योभन्दा अगाडिको चुनावमा पराजित भएका थिए । राष्ट्रपति भएपछिको चुनाव पराजित भएर फेरि अर्को चुनाव जित्ने प्रथम रेकर्ड क्लिभलेन्डकै बन्यो ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार उनले २७७ इलेक्टर मत ल्याएर विजयी भएका थिए । सन् १८८९ को चुनावमा भने १६८ इलेक्टर मतमात्रै ल्याएर उनी बेन्जामिन ह्यारिसनसँग पराजित भएका थिए । उनी पहिलो कार्यकालका लागि सन् १८८५ मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल