नेपालमा आधिकारिक रूपमा टिकटक दर्ता

Devghat Online

शेयर गरौ

काठमाडौं, कार्तिक २१

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार तिहार अघिनै टिकटक नेपालमा दर्ता भएको हो । ठाकुरका अनुसार सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम आधिकारिक रूपमा दर्ता भएको पत्र मंगलबार मात्रै टिकटकको माउ कम्पनी चिनियाँ माउ कम्पनी बाइटड्यान्सलाई उपलब्ध गराइएको हो ।

डिजिटल लिटरेसीमा सहयोग गर्ने तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने शर्तमा दर्ता भएको हो । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा प्रसारण, डिजिटल साक्षरता, प्रहरी अन्सन्धानमा सहयोग लगायतका प्रतिवद्धता जनाएको छ । सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट पारित गरेको थियो । जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो ।

२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो । टिकटकले प्रतिबन्ध फुकुवा गर्न बारम्बार अनुरोध गर्दै आएको थियो । गत भदौ ६ गते निर्देशिका बमोजिम आधिकारिक रूपमा दर्ता हुनुपर्ने लगायतका शर्त सहित प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । ठाकुरका अनुसार टिकटकले केहि कुरा पुरा पनि गरेको छ भने केहि पुरा गर्दै जानुपर्ने खालका छन् । यसअघि नेपाल प्रहरी र मन्त्रालयका अधिकारीलाई टिकटकले कन्टेन्ट फिल्टरिङ र ग्लोबल कम्युनिटी गाइडलाइनको बारेमा २ ओटा वर्कसप सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन