तमु विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन दमौलीमा हुने

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २१

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशनको बारेमा जानकारी दिन मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेको थियो । कार्तिक २४ देखि २६ गतेसम्म हुने उक्त महाधिवेशनको सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब पाँच सय जना तथा अन्य अतिथी तथा कालाकारहरु सहित गरि करिब पन्ध्र सय जना सहभागी हुने महाधिवेशन मुल आयोजक समितिका संयोजक बिश्वराज तमुले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन अघि ¥याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित दमौली बजार परिक्रमा गरिनेछ । प्रतिनिधिहरुलाई खान र बस्नको लागि दमौलीका होटलहरुमा ब्यबस्थापन गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करिब बीस लाख रुपैयाँ खर्च हुने मुल समारोह समितिले जनाएको छ ।

त्यस्तै कार्यक्रमको लागि तमु समाजका प्रतिनिधि तथा स्थानिय तहले समेत सहयोग गरेको आयोजकको भनाइ छ । बिपन्न परिवारका बालबालिकालाई आधारभूत तहको शिक्षा प्रदान गर्न सहयोग होस भन्ने उदेश्यले महाधिवेशनको अवसरमा शैक्षिक अक्षयकोष स्थापना गर्ने तयारी समेत भएको संयोजक तमुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता