दमौली, कार्तिक २१
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशनको बारेमा जानकारी दिन मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेको थियो । कार्तिक २४ देखि २६ गतेसम्म हुने उक्त महाधिवेशनको सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब पाँच सय जना तथा अन्य अतिथी तथा कालाकारहरु सहित गरि करिब पन्ध्र सय जना सहभागी हुने महाधिवेशन मुल आयोजक समितिका संयोजक बिश्वराज तमुले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन अघि ¥याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित दमौली बजार परिक्रमा गरिनेछ । प्रतिनिधिहरुलाई खान र बस्नको लागि दमौलीका होटलहरुमा ब्यबस्थापन गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करिब बीस लाख रुपैयाँ खर्च हुने मुल समारोह समितिले जनाएको छ ।
त्यस्तै कार्यक्रमको लागि तमु समाजका प्रतिनिधि तथा स्थानिय तहले समेत सहयोग गरेको आयोजकको भनाइ छ । बिपन्न परिवारका बालबालिकालाई आधारभूत तहको शिक्षा प्रदान गर्न सहयोग होस भन्ने उदेश्यले महाधिवेशनको अवसरमा शैक्षिक अक्षयकोष स्थापना गर्ने तयारी समेत भएको संयोजक तमुले बताए ।