दमौली, मंसिर २
व्यास नपा १० अँधेरीभन्ज्याङमा हत्या गरिएका नुवाकोट जिल्ला घर भएका ४८ बर्षीय दिलिप तामाङको पहिचान गरि शव सदगतकोलागि सम्पर्कमा आउन मृतकका आफन्तलाई तनहुँ प्रहरीले अनुरोध गरेको छ ।
अँधेरी भन्ज्याङमा सडक निर्माणको क्षेत्रमा मजदुरी गर्दै आएका तामाङको गत कार्तिक १७ गते राती उनकै साथी ३८ बर्षीय बिशाल भन्ने प्रेम बहादुर थापा मगरले धारिलो हतियार चक्कु प्रहार गरी गरी हत्या गरेका थिए । मृतक दिलिप तामाङको शव हालसम्म पनि निजको वास्तविक नाम थर वतन नखुलेको तथा घर परिवार आफन्तहरू समेत कोही सम्पर्कमा नआएको कारण मृतक तामाङको शव दमौली अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ ।
मृतक तामाङको घर परिवार आफन्तहरूबाट मृतकको सनाखत पहिचान गरी कानून बमोजिम जिम्मा लगाउनु पर्ने भएकोले मृतक दिलिप तामाङ भन्ने ब्यक्तिको शव सनाखत गरी सदगत समेत गर्ने कार्य लागि निज मृतकलाई चिन्नुहुने ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्क नम्बर ०६५५६३१९९, ९८५६०९०१७८ ,९८५६०९०२९८ र ९८५६०६२५५६ मा तथा नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ ।