मृतकको पहिचानको आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २

व्यास नपा १० अँधेरीभन्ज्याङमा हत्या गरिएका नुवाकोट जिल्ला घर भएका ४८ बर्षीय दिलिप तामाङको पहिचान गरि शव सदगतकोलागि सम्पर्कमा आउन मृतकका आफन्तलाई तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

अँधेरी भन्ज्याङमा सडक निर्माणको क्षेत्रमा मजदुरी गर्दै आएका तामाङको गत कार्तिक १७ गते राती उनकै साथी ३८ बर्षीय बिशाल भन्ने प्रेम बहादुर थापा मगरले धारिलो हतियार चक्कु प्रहार गरी गरी हत्या गरेका थिए । मृतक दिलिप तामाङको शव हालसम्म पनि निजको वास्तविक नाम थर वतन नखुलेको तथा घर परिवार आफन्तहरू समेत कोही सम्पर्कमा नआएको कारण मृतक तामाङको शव दमौली अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ ।

मृतक तामाङको घर परिवार आफन्तहरूबाट मृतकको सनाखत पहिचान गरी कानून बमोजिम जिम्मा लगाउनु पर्ने भएकोले मृतक दिलिप तामाङ भन्ने ब्यक्तिको शव सनाखत गरी सदगत समेत गर्ने कार्य लागि निज मृतकलाई चिन्नुहुने ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय तनहुँको सम्पर्क नम्बर ०६५५६३१९९, ९८५६०९०१७८ ,९८५६०९०२९८ र ९८५६०६२५५६ मा तथा नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक