पृथ्वीराजमार्गको गोहोरे चौतारामा दुई बस ठोक्किँदा १ को मृत्यु, २९ घाइते

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ४ स्थित गोहोरे चौतरामा २ वटा बस एकआपस ठोक्किई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा काठमाडौबाट पोखरा जादै गरेको गएए ००७० नम्बरको बस र भे एक ख ३४८७ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा काठमाडौँबाट पोखरा जाँदै गरेको गएए ००७० नम्बरका बस चालकको मृत्यु भएको हो । बस चालक जिल्ला तनहुँ ऋषिङ पाटन घर भई कास्कीको चाउथे बस्ने बर्ष ३९ को राम बहादुर परियारको लक्ष्मी अस्पताल डुम्रे तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो यस्तै अर्को बसका चालक पनि घाइते भएका छन् । अन्य २९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये मोति स्वास्थ्य क्लिनिक डुम्रेमा १३ जना र लक्ष्मी हस्पिटल डुम्रेमा १६ जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

लक्ष्मी अस्पतालमा उपचार भईरहेका घाइतेहरुमा बाँके बैजनाथ बस्ने वर्ष २४ की किरण बुढा, बाँके कोहलपुर नपा ६ बस्ने वर्ष १३ की रिजु बाठा मगर, बाके बैजनाथ गा.पा.६ बस्ने वर्ष १५ की ज्ञानु थारु, सोही ठाँउका बर्ष १६ को ललित मायास सिंजापती मगर बर्ष ६ की गुरास गर्ती मगर, बर्ष १८ को निखिलनाथ योगी र भे १ ख ३४८७ न.को बसको बस चालक बाँके कोहलपुर न.पा १० बस्ने वर्ष ३७ को किशोर जंग शाही रहेका छन् ।

यसैगरि तनहुँ जिल्ला म्याग्दे गा.पा. ३ बस्ने वर्ष ३० को रमेश रानाभाट, सोही ठाउँकी बर्ष ५१ की उजेली रानाभाट, बाके जिल्ला बैजनाथ गा.पा. ६ बस्ने बर्ष १४ की बिद्या पुन मगर, गोरखा जिल्ला गोरखा न.पा.८ बस्ने वर्ष २० को बिवेक कडेल, भक्तपुर जिल्ला चागुनारायण न.पा. ५ बस्ने वर्ष ३५ की बविता थापा, पोखरा महानगर १० बस्ने वर्ष ४३ की लक्षिन गुरुङ र कास्की पोखरा महानगर १७ बस्ने वर्ष ३६ की दुर्गा रोकाको पनि लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको छ ।

यसैगरि मोती अस्पताल डुम्रेमा उपचार भईरहेका घाइते यात्रुहरुमा कास्की पोखरा उ.म.न.पा.१२ बस्ने वर्ष ४४ की बिजुली गुरुङ, पोखरा उ.म.न.पा.१२ बस्ने वर्ष २५ की कमला गुरुङ कास्की पोखरा उ.म.न.पा.१२ बस्ने बर्ष ३९की बसन्ती गुरुङ, कास्की पोखरा उ.म.न.पा.१२ बस्ने बर्ष ४५ की लक्ष्मी गुरुङ, पोखरा उ.म.न.पा. १२ बस्ने बर्ष ४० की गंगा गुरुङ, कास्की पोखरा उ.म.न.पा.१२ बस्ने बर्ष ४५ को शिव जोसी, कास्की पोखरा उ.म.न.पा. १७ बस्ने बर्ष ४१ को संजय गुरुङ दातमा चोट, कास्की पोखरा उ.म.न.पा.१२ बस्ने बर्ष ३७ की ज्योती गुरुङ, स्याङ्जा फेदीखोला गा.पा.४ बस्ने वर्ष ५५ की चन्द्र कुमारी गुरुङ, बाके बडा न. १४ बस्ने वर्ष ४४ को शिवलाल न्यौपाने, बाँके कोहलपुर न.पा. ६ बस्ने वर्ष १६ की निर्मला शाही, बाके कोहलपुर न.पा. ६ बस्ने वर्ष २१ की बिनिता वि.क., स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने बर्ष २५ को सुरज तिवारी, जिल्ला कास्की पोखरा म.न.पा.–१७ बस्ने बर्ष ४९ की निर्मलका भुजेल रहेका छन् ।

त्यसैगरि ठेगाना नखुलेका अन्दाजी वर्ष १७÷१८ का रियाद के.सीको अवस्था गम्भिर रहेको हुँदा थप उपचारको लागि चितवन मेकिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थाापले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण