दमौली, मंसिर ३
आगामी मंसिर १५ गतेदेखी काठमाडौंमा हुने नेपाल प्रिमियर लिगमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई सोमबार तनहुँको दमौलीमा स्वागत तथा सम्मान गरिएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ क्रिकेट संघले उक्त टोलिलाई सोमबार व्यास–३ स्थित अनसन चौतारीमा स्वागत एवं सम्मान गरेको हो । दमौलीका विभिन्न क्रिकेट क्लव तथा विभिन्न संघ संस्थाले पनि खेलाडी तथा टिमका सदस्यलाई स्वागत गरेका थिए ।
दमौलीको ट्राफिक चोकदेखि सफा सडक हुँदै ¥यालीसहित आएर अनसन चौतारीमा खेलाडी र टिमलाई सम्मान गरिएको हो ।
उक्त टोलीमा राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल लगायतका खेलाडीहरुको सहभागिता रहेको थियो ।
जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाले तनहुँका खेलप्रेमीहरुको स्वागत र सम्मानले खेलाडीहरुलाई उत्साह जाग्ने बताए ।