माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहाँसिक काम गरेको छः अध्यक्ष प्रचण्ड

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ६

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरू गरेको बताएका छन् । तनहुँको आबुँखैरेनीमा विहिबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताए ।

अध्यक्ष दाहालले भने ‘एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले ग¥यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।’ उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए ।

अध्यक्ष दाहालले माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पु¥याउन हिचकिचाउन नहुने भन्दै तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गरे । ‘पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव ग¥यौँ’, उनले भने, ‘त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले ग¥यौँ ।’

माओवादीको नेतृत्वमा रहेको आबुँखैरेनी गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पुर्वाधारको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वमा रहेका अन्य पालिकाहरुले पनि जनताको पक्षमा यस्तै राम्रा काम गर्दै आएको बताए ।

माओवादी आफ्नो वर्गसँग जोडिनुपर्ने सवालमा केही कमजोरी भएको स्वीकार गर्दै अध्यक्ष दाहालले अब फेरि जनतासँग जोडिएर देश, जनता र लोकतन्त्रकाविरुद्ध हुने सबैखालका षडयन्त्रलाई चुनौती दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आबुँखैरेनी गाउँपालिकाको नेतृत्वमा भएका राम्रा कामहरुको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को