व्यास नगर जेसिज सप्ताहन्त सुुरुः पहिलो दिन समतामा न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ६

जेसिआई व्यास नगरले हरेक वर्ष विविध कार्यक्रम गरि मनाउने जेसीज सप्ताहन्त २०२४ आजदेखि सुरु भएको छ । सप्ताहन्त उद्घाटन व्यास ७ कलेस्ती स्थित व्यास नगर समता विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरि गरिएको जेसिआई व्यास नगरका अध्यक्ष नविन पुरीले जानकारी दिए ।

सप्ताहन्तको पहिलो दिन आज उक्त विद्यालयमा अध्ययनरत् ५५ जना अभिभावक विहिन बालबालिकालाई जाडोमा प्रयोग हुने न्यानो कपडा वितरण तथा स्टेशनरी सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अनुप रानाले बताए । विद्यालयमा पोशाक सहयोग गरिएको कार्यक्रममा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई प्रमुख अतिथि रहेका थिए ।

बालबालिकालाई न्यानो कपडा वितरण गर्दै उनले बालबालिकाको पठनपाठनमा मदत पुग्ने विश्वास व्यक्त गरे । व्यास नगरपालिकाले समता विद्यालय मार्फत अभिभावकविहीन बालबालिकालाई आवासीय सेवा सहित शिक्षा दिइरहेको प्रति आभार व्यक्त गर्दै बालबालिकाको पठनपाठन सहज बनाउन साथ सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिश न्यौपानेले सहयोग प्रति आभार व्यक्त गरे । सो कार्यक्रममा नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १का सभापति श्याम मौतारी विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा कार्यकारी उपाध्यक्ष एवम् सप्ताहन्तका मुल संयोजक पूर्ण विकले स्वागत गरेका थिए भने महासचिव सनम अधिकारीले सञ्चालन गरेका थिए । सप्ताहन्तको दोस्रो दिन भोलि व्यास ३ अनसन चौतारी स्थित जेसिज धारा सरफाइ एवम् सचिवालय व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि नै व्यास १४ रुम्सी स्थित सामुदायिक होमस्टे प्रवद्र्धनको कार्यक्रम रहेको जेसिज सप्ताहन्तका मुल संयोजक पूर्ण विकले जानकारी दिए । सप्ताहन्तको समापन समारोह मंसिर ८ गते सोही होमस्टेलाई आवश्यक सामग्री सहयोग गरि गर्ने कार्यक्रम तय भएको अध्यक्ष पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य