भन्सार दर घटेसँगै सस्तो भयो सुन,  एकैदिन तोलामा झण्डै १६ हजार घट्यो

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १०

नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको छ । आइतबार १ लाख ६७ हजार २ सय रूपैयाँ तोलाले कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ५१ हजार ३ सय रूपैयाँ कायम भएको छ । सुनको भन्सार दर घटाएका कारण नेपाली बजारमा सुनको मूल्य घटेको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्य बताउँछन् ।

उनी भन्छन्, ‘सरकारले बजेट मार्फत लगाएको भन्सार दर घटायो । सोही अनुसार सुनको मूल्य समायोजन गरिएको हो ।’

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार सुनमा लगाइएको भन्सार दर घटाइएको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बढाएर २० प्रतिशत पुर्‍याएको सुनको भन्सार दर १० प्रतिशतमा झारिएको हो । बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्‍याइएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो थियो ।

त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्‍याएको भन्सार दर १० प्रतिशतमा झारिएको छ । दर घटाएपछिको मूल्य समायोजन गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक