रास्वपाको जिल्ला सभापतीमा बास्तोला

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १५

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतीमा विश्व बास्तोला चयन भएका छन् । शनिबार दमौलीमा सम्पन्न रास्वपा तनहुँको जिल्ला भेलाले बास्तोलालाई जिल्ला सभापती चयन गरेको हो । बास्तोला यस अघि रास्वपाको जिल्ला संयोजक थिए ।

जिल्ला भेलाबाट रास्वपाको उपसभापतीमा बिजयराज जोशी, सचिवमा पदम न्यौपाने, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा अनिल खत्री तथा सदस्यहरुमा मुक्तिनाथ पण्डित र बासु कडरिया चयन भएका छन् । क्षेत्रीय सभापतीहरुमा क्षेत्र नम्बर १ को सभापतीमा विष्णु पन्त र क्षेत्र नम्बर २ को सभापतीमा डा. शेषरमण न्यौपाने चयन भएका छन् ।

उक्त भेलाको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू