रोट्रयाक्ट दमौलीको सचिन स्मृति रक्तदानमा २५ पिन्ट रगत संकलन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १५

तनहुँको दमौलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व। रो। सचिन स्मृति रक्तदान कार्यक्रम दमौलीमा भएको हो ।

उक्त रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । रगत अभावमा सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै रहेकी थिइन् । उनले सो अवसरमा हाम्रो थोरै रगतले अन्य बिरामीको ज्यान बच्ने भएकाले सबैले रक्तदान गर्नुपर्ने बताईन । सो अवसरमा प्रमुख अतिथि दरै आफैले समेत रक्तदान गरेकी थिइन् ।

नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्लवका सचिव पवन पौडेलले जानकारी दिए । रोट्रयाक्ट डिष्टिक ३२९२ आयोजक रहेको उक्त रक्तदान कार्यक्रमको पहलकर्ता रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ मेडिकल कलेज रहेको छ ।

देशभरका रोट्रयाक्ट क्लबहरुले होस्टका रुपमा आ आफ्नो ठाउँमा दमौलीका सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठ, रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत संगै सचिनको बारेमा क्लबका पुर्वअध्यक्ष दामोदर भण्डारीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म