नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा हुने

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १८

नेपाल पत्रकार महासंघको तिनै तहको निर्वाचन यही मंसिर २८ गते हुने भएको छ । महासंघद्वारा गठित केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन सम्बन्धि कार्यतालिका प्रकाशन गरि मंसिर २८ गते निर्वाचन हुने जानकारी दिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन भईसकेको छ । यसैगरि केन्द्रीय समितिकोलागि मंसिर २१ गते बिहान ११ देखी ४ बजेसम्म, प्रदेश समितिको लागि मंसिर २४ गते र प्रतिष्ठान तथा जिल्ला शाखाकोलागि मंसिर २६ गते उम्मेदबारको मनोनयनको मिति तोकिएको छ ।

मतदान मंसिर २८ गते बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म हुने महासंघले जनाएको छ । महासंघको निर्वाचनको मिति यस अघि तिन पटक सम्म तोकिएकोमा सदस्यता सम्बन्धि विवादको कारण अन्तिम समयमा निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

यसैविच नेपाल पत्रकार महासंघको २४ औं केन्द्रीय नेतृत्वकोलागि मंसिर २८ गते हुने निर्वाचन सफल पार्न सबै सदस्यहरुमा अनुरोध गरेको छ । नेपाल पत्रकार महासंघको निर्वाचनका विषयमा आम नागरिकमा समेत संशय पैदा हुने र महासंघको विधान समेतको उल्लंघन हुनसक्ने अवस्थाबाट जोगाउँदै निर्वाचनको माहोल खडा भएको भन्दै महासंघले यस अवधिमा महासंघले भोग्नु परेका तीता यथार्थलाई बिर्सेर आम नागरिकबाट समेत लोकतन्त्रको पहरेदार संस्थाका रुपमा मान्यता पाएको नेपाल पत्रकार महासंघको निर्वाचन आजको अनिवार्य शर्त बनेको जनाएको छ । निर्वाचनको वातावरण बनेबाट यसले नेपाल पत्रकार महासंघको सांगठनिक जीवनमा नयाँ ऊर्जा, उत्साह र उमङ्ग भरेको भन्दै महासंघको निर्वाचनलाई सफल बनाउने वातावरण तयार गर्न आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु हुने सबै अग्रज, नेतृत्वपंक्ति र सहकर्मी साथीहरुप्रति महासंघकी कार्यवहाक अध्यक्ष बाला अधिकारीले आभार व्यक्त गरेकी छिन् ।

महासंघको नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिएका कतिपय पत्रकारहरू आसन्न निर्वाचनको मतदाता नामावलीमा प्राविधिक कारणले छुटेका र यसले महासंघलाई दुखित तुल्याएको जनाएको छ । प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकास र पत्रकारको श्रम अधिकार संरक्षणलगायत आदर्शमा अडिग रहँदै नेपाल पत्रकार महासंघले आफ्नो जीवनकालमा थुपै्र आरोह–अवरोह पार गरेको छ । प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र व्यावसायिक पत्रकारिताका लागि अत्यन्तै प्रतिकूल उपरोक्त कालखण्डमा महासंघ कहिल्यै विचलित भएन । त्यसकारण पनि नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको आशा, भरोसा र विश्वासको साझा घर बन्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको नजरमा लोकतन्त्रको पहरेदार र प्रेस स्वतन्त्रताको मानक बनेको महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ आगामी निर्वाचन मार्फत अग्रजहरुले निर्माण गरेको यही सुनौलो इतिहास र गौरवपूर्ण विरासतलाई अविछिन्न रुपमा अघि बढाउन प्रतिवद्ध रहेको जनाएको छ । २०८१ असोज १९ मा भक्तपुरमा आयोजित शाखा तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेलाले उक्त अप्ठेरो परिस्थितिको अन्त्य गरी निर्वाचन सुनिश्चित गर्ने विधि तय गरेको भन्दै राष्ट्रिय भेलाले निर्दिष्ट गरेको सोही विधिबाट मंसिर २८ को निर्वाचत सुनिश्चित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती