विभिन्न कार्यक्रम गरि मनाइयो अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १८

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार तनहुँमा विभिन्न कार्यक्रम गरि मनाईयो । दिवसको अवसरमा तनहुँका स्थानीय तहहरुले विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

व्यास नगरपालिकाको आयोजनामा दमौलीमा सचेतना ¥याली तथा अपाङगता भएका बालबालिकाहरुको विचमा खेलकुँद कार्यक्रम आयोजना गरिएको थियो । म्याग्दे गाउँपालिकामा सचेतना ¥यालीको आयोजना गरिएको थियो । घिरिङ गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो भने आबुँखैरेनी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको थियो ।

जिल्लाका अन्य स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकिकृत रुपमा प्रवद्र्धन गर्न सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

शुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भनिन्थ्यो तर सन् २००६ डिसेम्बर १३ तारिखका दिन संयुक्त राष्ट्र संघको ६१ आंै माहासभाले अपाङ्गता भएका व्यक्तीहरुको अधिकार सम्बन्धी महासन्घी पारित गरि २००८ देखी अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस भनि नामाकरण गरेपछि विश्वभर एकैसाथ ३ डिसेम्बरका दिन यो दिवस मनाइन थालिएको हो ।
दिवसको अवसरमा राष्ट्रिय सभाका पुर्व सांसद तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय अध्यक्ष प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार, अधिकारकर्मी तथा यस अभियानमा समर्पित सबैमा शुभकामना व्यक्त गरेका छन् ।

आफुहरुको लक्ष्य भनेकै अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको सबै क्षेत्रमा बराबरी अवसर उपलब्ध गराउनु भएको र उनीहरूलाई दयाको दृष्टिकोणबाट होइन, अधिकारका धारक र समान नागरिकका रूपमा व्यवहार गरिनुपर्ने पन्थले बताए । हरेक अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक जीवनमा पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता भएको पन्थले बताएका छन् ।

यस दिवसले सबैलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि नीतिगत सुधार र व्यावहारिक परिवर्तन गर्ने दिशामा थप ऊर्जा र प्रतिबद्धता दिलाएको तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश नगरी समृद्धि र दिगो विकास सम्भव छैन भन्ने कुरामा हामी सचेत हुनुपर्ने पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु