दमौली, मंसिर १८
नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको नगर कमिटिको अध्यक्षमा शरण सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलवार दुलेगौंडामा सम्पन्न दोस्रो नगर अधिवेशनबाट सापकोटाको नेतृत्वमा ५५ सदस्यीय नयाँ समिति निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा दिपक सापकोटा, उपाध्यक्षमा सुमन आले, सचिवमा सरोज पौडेल र कोषाध्यक्षमा हिम कुमारी पौडेल सर्वसम्मत भए ।
त्यस्तै सदस्यहरुमा भोजराज बराल, भक्त बहादुर गुरुङ, विपना थापा कुमाल, खेम बहादुर नेपाली, जीवन पोख्रेल, राजु भण्डारी, भोजराज सिग्देल, नेत्रनारायण गौतम लगायत निर्वाचित भएका छन् ।