पुष्पा–२ लाई बिहान ६ देखि राति १२ बजेसम्म शो, पुरै शो हाउसफुल

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १९

चलचित्र पुष्पा–२ द रुल बिहीबारबाट रिलिज हुँदै छ । वर्षकै सर्वाधिक प्रतिक्षित बनेको चलचित्र बिहीबारबाट रिलिज हुन लागेको हो ।

नेपालमा यो चलचित्रले ठूलो संख्यामा शो पाएको छ । देशभरका १६६ हलमा पुष्पा २ ले ५९१ शो पाएको छ । नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यस चलचित्रलाई काठमाडौंभित्र मात्रै ८१ शो दिएको छ । बिहान ४ः३० देखि राति १२ बजेसम्मको शो दिइएको छ । पुष्पा २ ले नेपालमा ३ करोडको ओपनिङ गर्ने प्रक्षेपण गर्दै हल सञ्चालकहरुले नेपाली चलचित्रहरुलाई पाखा लगाइदिएका हुन् । पहिलो दिनका अधिकांश शो हाउसफुल भइसकेका छन् । बुकिङ ओपन हुनबित्तिकै टिकट बिक्री हुन थालेको थियो । कतिपय शोमा फिलिङ फाष्ट देखिएको छ ।

शुक्रबार र शनिबारका शो मा पनि टिकट बिक्री उच्च देखिएको छ ।

बिहीबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको दक्षिण भारतीय चलचित्र पुष्पा २ ले भने रेकर्ड नै रेकर्ड राखेको छ । स्याकनिल्क डटकमका अनुसार यस चलचित्रले एडभान्स बुकिङमा बाहुबली २ र केजीएफ २ लाई पछाडि छाडेको छ । विश्वव्यापी रुपमा सय करोडको एड्भान्स बुकिङ हुने पहिलो भारतीय चलचित्रको समेत रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाले पुष्पा २ले विश्वव्यापी रुपमा २५० देखि २७५ करोड भारुको ओपनिङ गर्ने बताएका छन् ।

चलचित्रमा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् । चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक