देवघाटका सामुदायिक वन उपभोक्ता समुहलाई क्षमता अभिवृद्धि कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १९

देवघाट गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय वन महासंघ देवघाटको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको संयोजनमा बुधबार देवघाटका सामुदायिक वन उपभोक्ता समूहहरूको लागि एकदिने क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले उद्घाटन गरेका थिए । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष भुवन सिं गुरूङ, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मणिराज गुरूङ, देवघाट सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा देवघाटका विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर