स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

तनहुँका स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको छ । स्थानीय तहहरुको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहबाट नै नागरिकको राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो । यसै क्रममा विहिबार पहिलो पटक आबुँखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रमको शुरु भएको छ ।

उक्त अवसरमा परिचय पत्र प्राप्त भएका नागरिकहरु मध्ये ज्येष्ठ नागरिक वडा नम्बर २ निवासी ८१ बर्षीय रेशमराज भट्टराईलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले परिचय पत्र प्रदान गरि सो कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा तथा वडा अध्यक्षहरुले राष्ट्रिय परिचय पत्र वितरण गरेका थिए । गाउँपालिकाका अध्यक्ष चुमानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४८ जना नागरिकहरुले परिचय पत्र प्राप्त गरेका थिए । आबुँखैरेनीमा प्राप्त भएको परिचय पत्र वितरण कार्य निरन्तर चल्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसकोलागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा