आबुँखैरेनी अस्पतालमा पहिलो पटक हर्नियाको सफल अप्रेशन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २२

आबुँखैरेनी गाउँपालिकाले सन्चालन गरेको आबुखैरेनी अस्पतालमा हर्नियाको अप्रेशन सुरु गरिएको छ । उक्त अस्पतालले शनिबार पहिलो पटक ५९ बर्षीय माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरेको हो ।

अस्पतालको स्वास्थ्य सेवाको नयाँ अध्याय अन्तर्गत मेजर शल्यक्रिया जस्तै हर्निया र एपेन्डिक्सको शल्यक्रिया सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डिवि क्षेत्रीले बताए । शनिबार पहिलो पटक भएको हर्नियाको शल्यक्रियामा दमौली अस्पतालका डा. परिवर्तन बराल, एनेस्थेसिया सहायक कुशल भट्टराई, आबुँखैरेनी अस्पतालका प्रमुख डा.डिवि क्षेत्री, नर्स पुजा बराल, सिमा सापकोटा क्षेत्री, प्रयोगशाला प्रमुख अमृत पण्डित लगायतको सहभागिता रहेको थियो ।

गन्डकी प्रदेशको स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षकोलागि आवश्यक बत्ती, शैया, लगायतका उपकरणहरु प्राप्त भएको थियो । अस्पतालमा दुई वर्षको तयारी पश्चात मेजर शल्यक्रिया सुरु गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

उक्त अस्पतालबाट चौबिसै घन्टा आकस्मिक सेवा, आधारभुत प्रयोशाला सेवा, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवाहरु प्रवाह भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती