पत्रकार महासंघमा प्रेस युनियन र प्रेस चौतारी विच गठबन्धन

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर २२

नेपाल पत्रकार महासंघकोे २४ औं केन्द्रिय समितिको लागि यही मंसिर २८ गते हुने निर्वाचन हुने भएको छ । उक्त निर्वाचनकोलागि शुक्रबार उम्मेदबारी दर्ता भईसकेको छ । यसपटकको निर्वाचनमा सत्तागठबन्धनका दलहरु नेपाली काँग्रेस र नेकपा एमाले निकट पत्रकारको संगठनहरु प्रेस युनियन र प्रेस चौतारीको विच गठबन्धन बनेको छ ।

उक्त दुई संगठनबाट अध्यक्षमा प्रेस चौतारी निकट निर्मला शर्माले उम्मेदबारी दिएकी छिन् । यस्तै बरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका दिपक आचार्य, महिला उपाध्यक्षमा प्रेस चौतारीकी नितु पण्डित, समावेशी उपाध्यक्षमा प्रेस युनियनका उमिद बागचन्द, महासचिवमा प्रेस युनियनका रामप्रसाद दाहालको उम्मेदबारी परेको छ ।

त्यसैगरि खुल्ला सचिवमा प्रेस युनियनका रमेश खतिवडा, महिला सचिवमा प्रेस युनियनकी सोनी शर्मा, जनजाती सचिवमा प्रेस चौतारीका सविन प्रियसन चौधरी र मधेसी सचिवमा प्रेस युनियनका अशोक तिवारी, दलित सचिवमा प्रेस युनियनका प्रकाश धौलाकोटी तथा एसोसियट सचिवमा प्रेस युनियनका विकास पराजुली र कोषाध्यक्षमा प्रेस चौतारीका रामकृष्ण ज्ञवाली तथा लेखा संयोजकमा प्रेस चौतारीका केसी लामिछानेले उम्मेदबारी दिएका छन् । उक्त गठनबन्धनबाट सदस्य तर्फ गन्डकी प्रदेशबाट कृष्ण केसी र केवी रानाको उम्मेदबारी परेको छ ।

यता विपक्षी गठबन्धले भने प्रेस युनियनका बागी उम्मेदबार रमेश विष्टलाई अध्यक्षमा समर्थन गरेर अर्काे गठबन्धन बनाएको छ । उक्त गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी, जसपा, नेकपा विप्लव लगायतका दल निकट पत्रकारका संगठनहरु रहेका छन् । उक्त गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा माओवादी निकट प्रेस सेन्टरबाट हालका महासचिव रोशन पुरीले उम्मेदवारी दिएका छन् । सो प्यानलको महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्षमा सुभास प्रसाद साह छन् । बराल माओवादीनिकट हुन् भने साह नेकपा एसनिकट समाजवादी प्रेस संगठनका हुन् ।

त्यस्तै महासचिवमा लेखनाथ न्यौपाने र खुला सचिवमा उत्तरसिंह विष्टको नाम सो समूहको सूचीमा राखिएको छ । महिला सचिव सरिता बराईली, एशोसियट सचिव विकास कार्की, दलित सचिव वसन्त विक, मधेशी सचिव श्रीजन झा र आदिवासी जनजाति सचिवमा भिष्ण राई तय भएका छन् । सो समूहको कोषाध्यक्ष उम्मेदवार रामकृष्ण अधिकारी र लेखा संयोजकमा धुर्व रावलको नाम तय भएको छ ।

यस्तै युनियन–चौतारीबिच प्रदेश र जिल्लासम्म पनि भागबन्डा भएको छ । युनियनले बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट प्रदेश समितिको नेतृत्व लिँदा चौतारीले कोसी, मधेस, कर्णाली र उपत्यका प्रदेश समितिको नेतृत्व लिने भएको छ । जिल्ला शाखाको अध्यक्ष पनि युनियनले ४३ र चौतारीले ३४ गरेर भाग लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती