पाँच सय रुपैयाँ जरिवाना नतिरी फरार रहेका व्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २३

तनहुँ प्रहरीले अदालतबाट जरिवाना स्वरुप तोकिएको पाँच सय रुपैयाँ नतिरिकन हालसम्म फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कायम म्याग्दे गाउँपालिका वडा नम्बर–३ बस्ने बिष्णु बहादुर शाही रहेका छन् ।

सम्बन्द बिच्छेद मुद्धामा तनहुँ जिल्ला अदालतले फैसला स्वरुप शाहीलाई पाँच सय रुपैयाँ जरिवाना तोकेको थियो । शाही उक्त जरिवाना नतिरिकन फरार रहेका थिए । उनलाई आफ्नै घर ठेगानामा लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए ।

उनलाई सजाय भुक्तानीकोलागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्