दमौली, मंसिर २३
म्याग्दे गाउपालिकाको आयोजना र तनहुँ उधोग वाणिज्य सघ थर्पु वजार ईकाइ समितिको सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएको छ । गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनि दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत आईतवार गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ भित्र सन्चालन भएका व्यवसायीलाई पटक–पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआए पश्चात अभियानकै रूपमा दर्ता गरिएको आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए । वडामा होटल, किराना, कृषि, मासुपसल, स्टेशनरी, परामर्श सेवा लगायत सचालनमा रहेका व्यवसायको दर्ता तथा सुचिकृत गएिको अधिकृत न्यौपानेले बताए ।
सोहि अवधिमा व्यवसायीको सहजका लागि फोटोकपि लगायतका कार्य निःशुल्क गरिएको छ । थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणी अधिकारीले गाउँपालिकाले व्यवसायिको हितमा कार्य गर्ने र कानुनि दायरामा ल्याउन व्यवसायी सस्था सहयात्री भएको बताए । स्थानिय सरकारसँग गाउँपालिका भित्र सचालन हुने उद्योगि, व्यवसायिको प्रत्यक्ष सलग्नता हुनेहँुदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरिएको अधिकारीले बताए ।
अभियानलाई सफल वनाउन बजार ईकाईका सवै पदाधिकारी र सदस्य लागेको अधिकारीले बताए व्यवसायीलाई सजिलोको लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएको हो । दर्ताका लागि गाउँपालिकाका प्रशासन शाखा प्रमुख ईन्द्र प्रसाद खनाल, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारी, सचिव राजिव श्रेष्ठ, सदस्य भुपेन्द रानाभाट, गापाका अक्षय कुमार कायस्थ लगायतका अभियानमा सहभागी भएका थिए ।
म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्र व्यवसाय सन्चालन गरेका व्यवसायीहरुलाई आफ्नो व्यवसाय दर्ता र सुचिकृत गर्न अभियान सन्चालन आइतबारबाट सुरु गरेको हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा गाउँपालिका अन्तर्गत वडा नम्बर ४ देखि ७ सम्मका होटल, किराना पसल, विभिन्न उद्योग, व्युटि पार्लर, स्टेशनरी, बेकरी, कृषि फर्म लगायतका व्यापार व्यवसाय सञ्चालन भई गाउँपालिकामा दर्ता तथा सूचीकृत नभएका व्यवसायीलाई दर्ता तथा सुचिकृत हुनकोलागि गाउँपालिकाले अनुरोध गरेको छ ।
व्यवसाय दर्ता तथा सुचिकरणकोलागि गाउँपालिकाले तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समितिको सहकार्यमा व्यवसाय दर्ता विभिन्न वडामा व्यवसाय दर्ता शिविर समेत सन्चालन गरेको हो । वडा नम्बर ५ मा मंसिर २३ गते आइतबार अभियान सन्चालन गरिएको छ भने अव वडा नम्बर ७ मा मंसिर २४ गते वडा कार्यालयमा, वडा नम्बर ६ मा मंसिर २५ गते वडा कार्यालय तुरतुरेमा र वडा नम्बर ४ मा मंसिर २५ गते वडा कार्यालयमा शिविर सन्चालन गरिने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
व्यवसाय सन्चालन गरेका तर दर्ता नगरेका व्यवसायीहरुले उक्त शिविरमा व्यवसाय दर्ता गर्ने र यस अघि व्यवसाय दर्ता गरिसकेकाहरुले गाउँपालिकाका सुचिकरण गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।