जिल्ला सभागृह सन्चालनको जिम्मेबारी व्यास नरपालिकाले लिने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २३

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जिल्ला सभागृहको सन्चालनको जिम्मेबारी व्यास नगरपालिकाले लिने भएको छ । जिल्ला सभाले उक्त सभागृहको सञ्चालनको जिम्मा लिन व्यास नगरपालिकालाई प्रस्ताव गरेकोमा व्यास नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले उक्त जिल्ला सभागृह सन्चालनको सन्चालनको जिम्मेबारी लिने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिले सन्चालन गर्ने गरि शहरी विकास मन्त्रालयले उक्त जिल्ला सभागृह निर्माण गरेको हो । सभागृह उद्घाटन भएको एक वर्ष पनि पुरा नहुँदै जिल्ला समन्वय समितिले उक्त सभागृह सन्चालन गर्न नसकेपछि सन्चालनको लागि व्यास नगरपालिकालाई प्रस्ताव गरेको थियो ।

नगर कार्यपालिकाको बैठकले नगरपालिका भित्र रिक्त शिक्षक दरवन्दीमा सम्बन्धित विद्यालयहरुको सहमतीमा शिक्षकहरुलाई कामकाजमा खटाउने अधिकार नगर शिक्षा शाखा प्रमुखलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ । यस्तै आगामी पौष २६ गते हुने नगर सभामा प्रस्तुत गरिने विषयहरु सम्बन्धित विषयगत समितिवाट आगामी पौष १५ भित्र पेश गर्न निर्देशन दिने निर्णय पनि भएको छ ।

यसैगरि व्यास नगरपालिकाबाट सबै वडाहरुमा वितरण गरिने लागत सहभागीताका योजनाहरुमा प्रति वडा १५ लाख रुपैयाँका दरले ग्रामिण वडाहरुमा १५% अर्धशहरी वडाहरुमा २०% र शहरी वडाहरुमा २५% नगद लागत सहभागिता रहने गरि पौष १५ भित्र बढिमा ३ वटा योजनाहरु सम्बन्धीत वडा मार्फत माग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

यस्तै गरि नगर शिक्षा सुधार योजना र जग्गा वर्गीकरण प्रतिवेदन आगामी पौष ७ गते भित्र पेश गर्न सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर