देवघाटधाम जेसीजको अध्यक्षमा ढकाल

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३२

देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा प्रशन्न ढकाल निर्बिरोध निर्बाचित भएका छन् । आइतबार देवघाट स्थित नमस्ते गार्डेन रिसोर्टमा भएको देवघाटधाम जेसिजको तेस्रो अधिवेशबाट वर्ष २०२४ का महासचिव ढकाल वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सो अधिवेशनबाट जेसीजको कार्यकारिणी उपाध्यक्षमा माधब न्यौपाने, अर्का कार्यकारिणी उपाध्यक्षमा रक्षा कार्की, महासचिवमा अर्जुन सुवेदी, कोषाध्यक्षमा सुजन गुरुङ, कानुनी सल्लाहकारमा करिस्मा गुरुङ चयन भएका छन् ।

यसैगरी उपाध्यक्षहरुमा प्रधुम्न प्याकुरेल,सुस्मा गुरुङ, डा. सम्राट अधिकारी, अमृत सुवेदी तथा निर्देशकहरुमा अर्जुन सापकोटा, सन्तोष सुवेदी, सन्देश पौडेल र कर्ण बहादुर गुरुङ चयन भएका छन् ।

नयाँ निर्वाचित कार्य समितिको पदस्थापना पुसको तेस्रो साता हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक