देवघाट सार्वजानिक पुस्तकालयलाई मैयादेवी ट्रष्टको १ लाख १० हजार सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २५

देवघाट गाउँपालिका–५ मा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि चितवन स्थित मैयादेवी ट्रष्टले १ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ । समाजसेवी तथा पुर्व सांसद मैयादेवी श्रेष्ठको सम्झनामा स्थापित मैयादेवी ट्रष्टले हालै देवघाट सार्वजानिक पुस्तकालय निर्माणकोलागि उक्त रकम सहयोग गरेको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए ।

पुस्तकालय निर्माणको लागि हालसम्म विभिन्न व्यक्ति तथा संघ संस्था, देवघाट स्थित धार्मिक आश्रम, गुरुकुल तथा सामुदायिक वन एवं टोल विकास संस्थाहरुले सहयोग गर्दै आएका छन् । पुस्तकालय निर्माणको लागि हालसम्म करिब २० लाख रुपैयाँ संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ । हाल देवघाट सार्वजनिक पुस्तकालयको दैनिक कार्य नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाटबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल