लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २५

गत नोभेम्बर २५ (मंसिर ७ गते) बाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन मंगलबार समापन भएको छ । मंगलबार अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा उक्त अभियानको कार्यक्रम समापन गरिएको हो ।

“हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” को राष्ट्रिय नाराका साथ व्यास नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा वक्ताहरुले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएपनि हिंसा विरुद्धको अभियान हरेक दिन सन्चालन हुनु पर्ने बताए ।

व्यास नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख अशोक थापा लगायत महिला अधिकारकर्मीहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक