देवघाटमा राष्ट्रिय परिचयपत्र वितरण गरिने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २९

देवघाट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्राप्त भएका देवघाट गाउँपालिकाका नागरिकको राष्ट्रिय परिचय पत्र आगामी पुस २ देखी ७ गतेसम्म गाउँपालिकाको कार्यालयबाट वितरण गरिने भएको छ ।

देवघाट गाउँपालिकाले राष्ट्रिय परिचयपत्र पाउने १४५० जना नागरिकहरुको सुचि प्रकाशित गरि सुचिमा नाम रहेका लाभग्राहीहरु स्वयं राष्ट्रिय परिचयपत्र लिन आउनुहुन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसकोलागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले