देवघाटमा राष्ट्रिय परिचयपत्र वितरण गरिने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २९

देवघाट गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्राप्त भएका देवघाट गाउँपालिकाका नागरिकको राष्ट्रिय परिचय पत्र आगामी पुस २ देखी ७ गतेसम्म गाउँपालिकाको कार्यालयबाट वितरण गरिने भएको छ ।

देवघाट गाउँपालिकाले राष्ट्रिय परिचयपत्र पाउने १४५० जना नागरिकहरुको सुचि प्रकाशित गरि सुचिमा नाम रहेका लाभग्राहीहरु स्वयं राष्ट्रिय परिचयपत्र लिन आउनुहुन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसकोलागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण