गाउँमा भएका विकास निर्माण काँग्रेसको नेतृत्वमाः केन्द्रीय सदस्य भट्टराई

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गाउँमा भएका विकास निर्माणका कामहरु नेपाली काँग्रेसको नेतृत्वमा भएको बताएका छन् । व्यास नपा १३ कुकुरढुङ्गे स्थित कुकुरढुङ्गे छापडाँडा कृषक महिला समुहको भवन उद्घाटन समारोहमा बोल्दै नेता भट्टराईले राणा शासन र राजतन्त्रकालमा विकासको कुनै काम नभएको भन्दै बहुदलिय शासन व्यवस्था आएपछि मात्रै काँग्रेसको नेतृत्वमा सबै काम भएको दावी गरे ।

गाउँमा अmभ शहर बजारको जस्तो विकासको काम नभएको भन्दै भट्टराईले शहर बजारको जस्तै विकास गाउँमा पनि गर्नु पर्ने बताए । अहिले गाउँहरु रित्तिन थालेको भन्दै उनले गाउँमा नै बस्ने वातावरण बनाईनु पर्नेमा जोड दिए । गाउँमा रहेको आर्थिक असामनता, जातिय छुवाछुत जस्ता विभेदहरु हटाइनु पर्ने र विकासको मुलधारमा ग्रामिण जनतालाई ल्याउन सकेमा मात्र गाउँमा बस्ने वातावरण निर्माण हुने उनले बताए ।

‘शासन व्यवस्थामा केही कमजोरी हुन सक्छन, तर त्यसलाई सच्याएर जानुपर्छ’ भट्टराईले भने ‘गणतन्त्रमा पनि केही कमजोरी रहेको छ, ति कमजोरीको फाईदा उठाएर जस्तासुकै मान्छेहरु पनि निर्वाचित हुन सक्छन्, तिनीहरुलाई देश र जनताको माया हुँदैन ।’ केही व्यक्तिहरु पुराना दलहरु खतम भनेर जनतामा केही समय भ्रम छर्न पनि सफल भएको भन्दै उनले अव त्यस्ता व्यक्ति र दललाई जनताले राम्रोसँग चिन्नु पर्ने बताए ।

संघीय आयोजना मार्फत ३० लाखको लागतमा उक्त कृषक समुहको भवन निर्माण सम्पन्न भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य भट्टराईको पहलमा भवन निर्माणकोलागि उक्त रकम विनियोजित भएको बताईएको छ ।

कुकुरढुङ्गे छापडाँडा कृषक महिला समुहकी अध्यक्ष ओश्मा थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा व्यास नपा वडा नम्बर १३ का वडा अध्यक्ष बसन्तबहादुर आले, नेपाली काँग्रेस व्यास नगर समितिका सभापती सुर्यचन्द्र हड्खले, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारी, तिलबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा भवन निर्माणकोलागि १ रोपनी निशुल्क जग्गा दिनुहुने मुसीमाया थापा र तुल्सीराम थापा लगायत भवन निर्माणमा सहयोग गर्ने सबैलाई केन्द्रीय सदस्य भट्टराईले सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती