माओवादी केन्द्र देवघाटको अधिवेशन तथा खबरदारी सभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३०

नेकपा (माओवादी) केन्द्र देवघाट गाउँ कमिटिको दोश्रो अधिवेशन तथा खबरदारी सभा शनिबार देवघाट–५ मा सम्पन्न भयो । उक्त अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश सह इन्चार्ज हरिराज अधिकारी कुमारले उद्घाटन गरेका थिए ।

माओवादी केन्द्र देवघाट गाउँ कमिटिका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा गन्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज आशा खनाल, बैकल्पिक केन्द्रीय सदस्य हेमराज लामिछाने, केन्द्रीय सल्लाहाकार इश्वरबाबु गौली, जिल्ला संयोजक मदन आले, जिल्ला सचिव शुक्र चुमान लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रमको सन्चालन गाउँ कमिटिका सचिव सन्जिव भारतीले गरेका थिए । अधिवेशन अघि माओवादी कार्यकर्ताहरुले खबरदारी र्याली निकालेका थिए । उक्त अधिवेशशनले देवघाट गाउँ कमिटिका नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक