देवघाट, पुस १
नेकपा (माओवादी केन्द्र) देवघाट गाउँ समितिको अध्यक्षमा भुवनसिंह गुरुङ चयन भएका छन् । आईतबार सम्पन्न दोश्रो गाउँ समितिको अधिबेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । गुरुङ देवघाट गाउँपालिकाका उपाध्यक्ष समेत हुन् ।
कार्यसमितिको उपाध्यक्षहरुमा जयकृष्ण सुबेदी, कबिराज गुरुङ र टिकाराम थापा, सचिवमा होम बहादुर भारती, सहसचिवमा दुर्गालाल गुरुङ र कोषाध्यक्षमा शुशिला नेपाल चयन भएका छन् ।
अधिवेशनको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गन्डकी प्रदेशका सह-इन्चार्ज हरिराज अधिकारीले उद्घाटन गरेका थिए ।