म्याग्देको थर्पु अस्पतालमा दन्त शिविर

Devghat Online

शेयर गरौ

दमौली, पुुस १

म्याग्दे गाउँपालिकाको थर्पु अस्पतालमा सोमबारदेखी दन्त परिक्षण शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैद्वापाटन पोखरा विच भएको सहमती अनुसार गाउँपालिकामा रहेका दांत सम्बन्धी समस्या भएका नागरिकहरुको दन्त परिक्षण गर्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले गाउँपालिकाबासीहरुको सेवा गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । म्याग्दे गाउँपालिकाले गत आवमा मा मृगौला तथा आँखाको मोतियविन्दुको स्थानीय स्तरमा नै उपचार गरिएको र यसको स्थानीयवासीहरुले प्रभावकारी सेवा प्राप्त गरेको हँुदा चालु आवमा दन्त शिविर आयोजना गरिएको बताए । शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

शिविरमा दांतको एक्सरे, दांत सफा गर्ने, दांत भर्ने, दांत निकाल्ने, दाँतको जरै देखिको उपचार, गिजाको उपचार, लगायत दांत रोग सम्बन्धी औषधी वितरण समेत गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

सोमबार वडा नम्बर १ र २ बासी, मंगलबार वडा नम्बर ३ र ४ बासी, बुधबार वडा नम्बर ५ र ६ बासी तथा विहिबार वडा नम्बर ७ तथा शुक्रबार अन्य छुटफुट भएका नागरिकलाई शिविरमा सेवा दिईने गाउँपालिकाले जनाएको छ ।

शिविरमा पहिला आउने विरामीलाई पहिलो प्राथमिकता दिईने तथा एक दिनमा ६० जना दाँतका विरामीलाई मात्र उपचार सेवा दिन सकिने भएकोले नाम दर्तामा ६० जना पुगेपछी उक्त दिनको विरामी दार्ता बन्द गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर