माओवादी केन्द्रले पायो तनहुँका ८ वटा पालिकामा नयाँ नेतृत्व

Devghat Online

शेयर गरौ

दमौली, पुस २

नेकपा माओवादी केन्द्रको तनहुँका ९ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ९ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएपनि ८ वटामा नयाँ नेतृत्व चयन भएको छ ।

माओवादी केन्द्र तनहुँले मंसिर महिना भित्र सबै स्थानीय तहमा अधिवेशन र खबरदारी सभाको आयोजना गर्ने निर्णय गरे अनुसार निर्धारित मिति भित्र ९ वटा स्थानीय तहको अधिवेशन र वर्तमान सरकार विरुद्धको खबरदारी सभाहरु सम्पन्न भएको माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आले मदनले बताए । भिमाद नगरपालिका बाहेक अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न भईसकेको आलेले बताए ।

उक्त अधिवेशन तथा खबरदारी सभालाई पार्टीका केन्द्रीय उपाध्यक्ष नारयणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायत केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका थिए । अधिवेशन पछि माओवादी केन्द्रमा नयाँ उत्साह आएको र यसले २०८४ को निर्वाचनमा तनहुँमा पार्टीलाई पहिलो बनाउने संकल्प आएको जिल्ला संयोजक आलेले बताए ।

स्थानीय तहको अधिवेशन अघि वडा कमिटिको अधिवेशन पनि आयोजना गरिएको हुँदा यो विचमा माओवादी केन्द्रको संगठन वडा र टोल स्तरमा परिचालन भएको जिल्ला संयोजक आलेले बताए ।

आलेका अनुसार देवघाट गाउँ समितिको अध्यक्षमा भुवनसिंह गुरुङ, आबुँखैरेनी गाउँ समितिको अध्यक्षमा खगराज गौली, भानु नगर समितिको अध्यक्षमा भरतबहादुर थापा, व्यास नगर समितिको अध्यक्षमा गोपाल सुर्खाली, म्याग्दे गाउँ समितिको अध्यक्षमा बालकृष्ण श्रेष्ठ, शुक्लागन्डकी नगर समितिको अध्यक्षमा शरण सापकोटा, घिरिङ गाउँ समितिको अध्यक्षमा चुननारयण श्रेष्ठ र ऋषिङ गाउँ समितिको अध्यक्षमा डम्बर विक निर्वाचित भएका छन् ।

बन्दिपुर गाउँ समितिको अधिवेशन सम्पन्न भईसकेपनि नयाँ नेतृत्व चयन हुन बाँकी रहेको छ भने भिमाद नगर समितिको अधिवेशन पुस २० गतेको लागि तोकिएको माओवादी केन्द्रका जिल्ला सदस्य मनराज गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको