बन्दीपुर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Devghat Online

शेयर गरौ

दमौली, पुस २

बन्दीपुर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा परिचयपत्र वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङले संयुक्त रुपमा गाउँपालिकाको वडा नम्बर ४ का आनन्दबान जोशीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।

मङ्गलबार गाउँपालिका परिसरमा जोशी सहित पाँच जनालाई परिचयपत्र वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट बन्दीपुरमा २६०४ वटा परिचयपत्र आएको छ । अब केही दिनभित्र पाइक पर्नेले गाउँपालिकाबाटै र अन्यलाई वडाबाटै परिचयपत्र वितरण गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताएका छन् ।

यसैगरि सोमबारबाट देवघाट गाउँपालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसकोलागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा