विद्युत सेवा नपुग्दा घिरिङको करूवाटारमा खनिएका डिप बोरिङ अलपत्र

Devghat Online

शेयर गरौ

समर रानाभाट । घिरिङ, पुस २

तनहुँको घिरिङ गाउँपालिकामा सिंचाई सुविधाकोलागि खनिएका डिप बोरिङ अलपत्र परेका छन् । यसले कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको छ । घिरिङ गाउँपालिका–४ को करुवाटार लगायतका कृषियोग्य भूमि सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेका हुन् ।

सरकारका विभिन्न निकायको सहयोगमा करुवाटारको खेतीयोग्य जमिनमा सिचाइ सुविधा पु¥याउन डिप बोरिङ खनिएपनि बोरिङ सन्चालनकोलागि विद्युत सेवा पु¥याउन नसक्दा उक्त डिप बोरिङ अलपत्र परेका हुन् । ‘डिप बोरिङ खन्ने काम भयो तर, बोरिङ सञ्चालन गर्न विद्युत् सेवा नपुग्दा त्यस्ता डिप बोरिङ अलपत्र परेका छन् ।’ एक कृषकले भने ।

घिरिङको करुवाटारका खेतीयोग्य जमिनमा सिचाइ गर्न चार वर्ष अघि संघ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा चार वटा डिप बोरिङ खनिएको थियो । तर बोरिङमा मोटर सञ्चालन गर्न विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट बञ्चित भएको वडा नम्बर ४ का वडा सदस्य मनबहादुर रानाभाटले बताए ।

करुवाटारमा संघिय, प्रदेश र स्थानीय सरकारको लगानीमा एक÷एक वटा बोरिङ खनिएको थियो । तर विद्युत सेवा नहुँदा ति कुनै पनि बोरिङ प्रयोग हुन नसकेको रानाभाटले बताए । लामो समयदेखी बोरिङ सन्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको उनले बताए ।

गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान् गरेर केही समय पानी निकालिएपनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पु¥याउन ८५ वटा पोल गाडी ११ हजार भोल्टेजको लाईनको तार समेत टाँगिसकिएको तर विद्युतको लाईन जोड्न लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट बञ्चित भएको वडा सदस्य रानाभाटले बताए ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उक्त क्षेत्रमा विद्युत सेवा विस्तारकोलागि संघ सरकारसँग कुरा राखिएको बताए । केही अघि काठमाडौं जाँदा उर्जा मन्त्री समक्ष यसबारेमा कुरा राखिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती