भुपु सैनिक तथा प्रहरी संगठन घिरिङको अध्यक्षमा थापा

Devghat Online

शेयर गरौ

दमौली, पुुस २

नेकपा एमालेको जनबर्गिय संगठन नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन घिरिङ गाउँ कमिटिको अध्यक्षमा होम बहादुर थापा सर्बसम्मत चयन भएका छन् ।

घिरिङ गाउँपालिका–३ रानिपोखरीमा मंगलबार सम्पन्न भएको दोश्रो अधिवेशनबाट थापाको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरिएको हो । कमिटिको उपाध्यक्षमा थमन सिं आले, सचिब दान बहादुर शाही, कोषाध्यक्ष शुक बहादुर राना र उप–सचिवमा तेन माया थापा चयन भएका छन् ।

सुबेदार मन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भुपु सैनिक तथा प्रहरी संगठन केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज अर्जुन नागिलाले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा नागिलाले भुपु सैनिक तथा प्रहरीहरुसँग भएको सिपको सदुपयोग गरेर समाजमा योगदान गर्नुपर्ने बताए । साथै संगठनमा आबद्ध जो कसैलाई समस्या परेको बेला संगठनले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता बिष्णुभक्त सिग्देल, एमाले जिल्ला सदस्य बिरेन्द्र अधिकारी, भुपु सैनिक तथ प्रहरी संगठन केन्द्रिय सदस्य शेरबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा लगायतले मन्तब्य राखेका थिए ।

संगठनका सचिब दान बहादुर शाहिले कार्यक्रम सन्चालन गरेका थिए भने स्वागत मन्तब्य जिल्ला सह सचिब धन बहादुर थापाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको