दमौली, पुुस २
नेकपा एमालेको जनबर्गिय संगठन नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन घिरिङ गाउँ कमिटिको अध्यक्षमा होम बहादुर थापा सर्बसम्मत चयन भएका छन् ।
घिरिङ गाउँपालिका–३ रानिपोखरीमा मंगलबार सम्पन्न भएको दोश्रो अधिवेशनबाट थापाको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरिएको हो । कमिटिको उपाध्यक्षमा थमन सिं आले, सचिब दान बहादुर शाही, कोषाध्यक्ष शुक बहादुर राना र उप–सचिवमा तेन माया थापा चयन भएका छन् ।
सुबेदार मन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भुपु सैनिक तथा प्रहरी संगठन केन्द्रिय सचिब तथा गण्डकी प्रदेश इन्चार्ज अर्जुन नागिलाले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा नागिलाले भुपु सैनिक तथा प्रहरीहरुसँग भएको सिपको सदुपयोग गरेर समाजमा योगदान गर्नुपर्ने बताए । साथै संगठनमा आबद्ध जो कसैलाई समस्या परेको बेला संगठनले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेकपा एमालेका नेता बिष्णुभक्त सिग्देल, एमाले जिल्ला सदस्य बिरेन्द्र अधिकारी, भुपु सैनिक तथ प्रहरी संगठन केन्द्रिय सदस्य शेरबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा लगायतले मन्तब्य राखेका थिए ।
संगठनका सचिब दान बहादुर शाहिले कार्यक्रम सन्चालन गरेका थिए भने स्वागत मन्तब्य जिल्ला सह सचिब धन बहादुर थापाले राखेका थिए ।