भानुका किसानलाई अब मोबाईल एपबाट पनि पशु तथा कृषि सम्बन्धि जानकारी दिईने

Devghat Online

शेयर गरौ

दमौली, पुस ४

भानु नगरपालिकाले नगरपालिका भित्रका किसानका लागि कृषि तथा पशु सम्बन्धि ससचना तथा जानकारी दिने उदेश्यले मोबाईल एप सन्चालन गरेको छ ।

नगरपालिकाको कृषि तथा पशुशाखाले किसानका लागि सुचना, जानकारी, प्रविधि, सल्लाह, नगरपालिकाको कार्यक्रम, कृषि बुलेटिन, मौषमको जानकारी, कृषि तथा पशुको बीमा, सेवा–प्रवाह, गुनासो तथा सुझाव लगाएतको जानकारी एप मार्फत लिन सकिने कृषि शाखाका प्राविधिक अमित ढुङ्गनाले जानकारी दिए ।

किसानहरुका हरेक जिज्ञाशा, समस्या र त्यसको समाधानको उपाय, विभिन्न कार्यक्रम लगाएतका किसानलाई प्रतक्ष प्रभाव पार्ने विषयवस्तुको जानकारी दिएर मैत्री कार्यक्रमका संचालन गर्नका लागि पनि कृषि एप महत्वपूर्ण हुने नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए । उनले भने ‘किसानका कुनै जिज्ञासा भए वा कुनै समस्या भए एप मार्फत सहजिकरण गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्